Information is intelligence
HomeEconomyनेपाल चिया विकास निगम आइपिओ जारी गर्दै

नेपाल चिया विकास निगम आइपिओ जारी गर्दै

- Advertisement -spot_img

काठमाडौं | नेपाल चिया विकास निगमले आइपिओ जारी गर्ने भएको छ ।

आगामी हुने कम्पनीको वार्षिक साधारण सभामा आइपिओ जारी गर्ने विशेष प्रस्ताव पेश हुने कम्पनीले जनाएको छ ।

चैत ६ गते बसेको कम्पनीको १५४ बोर्ड बैठकले गरेको निर्णय अनुसार कम्पनीको १९औं वार्षिक साधारण सभा चैत २९ गते हुने भएको छ । सभा आफ्नै त्रिवेणी कम्प्लेक्स पुतलीसडकमा बेलुकी पाँच बजेबाट हुने भएको छ ।

कम्पनीले के कति साधारण आइपिओ जारी गर्ने भन्ने बारे भने खुलाइएको छैन। २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भने निजी क्षेत्रको ६५ प्रतिशत शेयर छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु