Information is intelligence
HomeHealthकाेराेना बढ्याे; जुलुस, र्याली , नगराैँः स्वास्थ्य मन्त्रालय

काेराेना बढ्याे; जुलुस, र्याली , नगराैँः स्वास्थ्य मन्त्रालय

- Advertisement -spot_img

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सभा, र्याली , भेला , जुलुसजस्ता कार्य नगर्न अनुराेध गरेकाे छ । विश्वभर तथा छिमेकी मुलुकमा काेराेना भाइरसकाे संक्रमण दर बढेकाे भन्दै नेपालमा पनि सतर्कता अपनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुराेध गरेकाे हाे ।

आइतबार एक विज्ञप्ति जारी गर्दै छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका छन् ।

सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग गर्न भन्दै उनले कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकथाममा सहयोग गर्न अनुरोध गरेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु