Information is intelligence
HomeSportsरियललाई पछि पार्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा

रियललाई पछि पार्दै बार्सिलोना तालिकाको दोस्रो स्थानमा

- Advertisement -spot_img

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि सानदार जित निकालेको छ। एनोएटा स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली सोसिडाडमाथि ६-० गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको ३७ औं मिनेटमा एन्टोनी ग्रिजमनको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।। त्यस्तै ४३ औं मिनेटमा लियोनल मेस्सीको पासमा सर्जिनो डेस्टले गोल थप्दा पहिलो हाफमा बार्सलोना २ गोलले अघि रह्यो।

दोस्रो हाफमा बार्सिलोनाले चार गोल थप्यो। जसमा ५३ औं मिनेटमा डेस्टले ब्यक्तिगत दोस्रो गोल थप्दा मेस्सीले ५६ औं मिनेटमा गोल गरे। त्यस्तै ओस्मान डेम्बेलेले ७१ औं मिनेटमा गोल गरे। उता घरेलु टोलीका एन्डर बरेनेटजाले ७७ मिनेटमा सान्त्वना गोल फर्काए। त्यस्तै ८९ मिनेटमा मेस्सीले अर्को गोलगर्दा बार्सिलोनाले ६-१ को सानदार जित निकाल्यो।

जितसँगै बार्सिलोना २८ खेलबाट ६२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति नै भएको अर्को खेलमा शीर्षस्थानको एट्लेटिको मड्रिडले अलाभेसमाथि जित निकाल्दा २८ खेलबाट ६६ अंक जोडेको छ। समान खेल खेलेको रियल मड्रिड ६० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ। रियल सोसिडाड भने ४५ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु