Information is intelligence
HomeEducationलाेकसेवाले गर्याे खरिदारकाे दाेश्राे चरणकाे परीक्षा स्थगित , यस्ताे छ कारण

लाेकसेवाले गर्याे खरिदारकाे दाेश्राे चरणकाे परीक्षा स्थगित , यस्ताे छ कारण

- Advertisement -spot_img

लाेकसेवा आयाेगले माघ २५ गते लिएकाे राजपत्र अनंकित द्वितीय श्रेणी , खरिदार वा साे सरह पदकाे प्रथम चरणकाे परीक्षाफल प्रकाशित गरी दाेश्राे चरणकाे परीक्षा स्थगित गरेकाे छ । सूचनामा ‘द्वितीय चरढकाे परीक्षा लाेकसेवा आयाेगकाे मिति २०७७/१२/०६ काे निर्णय अनुसार स्थगित गरिएकाे र अर्काे परीक्षा कार्यक्रम पछि प्रकाशन गरिने व्यहाेरा समेत सम्बन्धित सबैकाे जानकारीका लागि अनुराेध छ’ भनिएकाे छ ।

लाेकसेवा आयाेगले सूचनामा प्रष्ट कारण नखुलाएपनि याे परीक्षा लाेकसेवा आयाेग चैत ११ गतेदेखि पदाधिकारीविहिन हुँदैछ । नयाँ पदाधिकारी नहुन्जेल लाेकसेवाका नियमित कार्यसमेत गर्न नसकिने भएकाले परीक्षा स्थगित गरिएकाे हुनसक्ने नेपाल सरकारका एकजना सचिवले बताएका छन् ।

उनी भन्छन् ‘पदाधिकारीकाे नियुक्तिपश्चात राेकिएका सम्पूर्ण परीक्षा कार्यक्रम ताेकिनेछन् तर, सरकारले नियुक्तिमा जति ढिला गर्छ त्यति नै परीक्षाकाे समय पछाडि धकेलिने छ । ‘

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु