Information is intelligence
HomeNewsसवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

- Advertisement -spot_img

कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार २०५९÷११÷३० गते स्वारले चलाएको से१त ११४१ नंको ट्र्याक्टरबाट सोही ठाउँका धनिराम डगौराको च्यापिन गई मृत्यु भएको र निज चालक भागी फरार रहेका थिए । खोज तलास गर्ने क्रममा निज चालकलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले जोशीपुर गाउँपालिका–६ लोखरी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु