Information is intelligence
HomeNewsदेशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना सङ्क्रमण पुष्टि

- Advertisement -spot_img

काठमाण्डौं | देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४७२  जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित दुई लाख ७६ हजार ५६ पुगेका छन् ।  त्यस्तै पछिल्लो समय थप  ९९ जना निको भएका छन् । यससँगै निको हुने दुई  लाख ७२ हजार २० र निको हुने दर ९८ दशमलब ५ प्रतिशत छ ।  अहिले देशभर एक हजार १७ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा  अन्य  आइसोलेशनमा छन् ।  हालसम्म नेपालमा २२  लाख ४०  हजार ९८९  को पिसिआर परीक्षण भएको छ ।  

त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार १९  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु