Information is intelligence
HomeSportsप्रशिक्षक महर्जनद्वारा त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तान घोषणा

प्रशिक्षक महर्जनद्वारा त्रिदेशीय फुटबलमा नेपाली टिमको कप्तान घोषणा

- Advertisement -spot_img

काठमाडौं | त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा नेपाली टिमको कप्तानी गोलकिपर किरण चम्जोङले गर्ने भएका छन् ।

सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले टिमको कप्तानी किरणले गर्ने जानकारी गराएका हुन् ।

किरण भारतमा त्यहाँको शीर्ष डिभिजन लिग आईलिगमा व्यावसायिक फुटबल खेलिरहेका छन् र उनि आज स्वदेश फर्कदैछन् । किरण पन्जाबबाट खेलिरहेका छन् ।

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् । नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।  नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । उद्घाटन खेल चैत १० हुनेछ ।

फाइनल खेल चैत १६ गते हुनेछ । भोलि (मंगलबार) हुने उद्घाटन खेलमा किर्गिस्तान र बंगलादेश खेल्ने छन् । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

फाइनल खेल चैत १६ गते हुनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय