Information is intelligence
HomeEconomyसिंगटी हाइड्राेमा आवेदन दिने आज अन्तिम दिन

सिंगटी हाइड्राेमा आवेदन दिने आज अन्तिम दिन

- Advertisement -spot_img

सिंगटी हाइड्राेकाे आइपिओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हाे । कम्पनीले चैत ६ गतेदेखि छिटाेमा चैत १० गतेसम्म आवेदन दिन पाउने गरी आइपिओ निष्कासन गरेकाे थियाे ।

मागभन्दा बढी आवेदन परिसकेकाले आज साँझबाट आवेदन बन्द हुनेछ । कम्पनीकाे आइपिओमा हिजाेसम्म नै मागभन्दा ५ गुणा बढी आवेदन परिसकेकाे छ । १० कित्ता पाउनका लागि गाेलाप्रथाकाे भर पर्नुपर्नेछ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु