Information is intelligence
HomeInternationalअमेरिकाको कोलोराडोमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

अमेरिकाको कोलोराडोमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

- Advertisement -spot_img

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरी अधिकारी पनि छन् । कोलोराडो राज्यको एक सुपरमार्केटमा छिरेर बन्दुकधारीले गोली चलाएका थिए ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको बताएको छ । तर उनी नै मुख्य अभियुक्त भन्नेमा एकिन हुन सकेको छैन् । हिराशतमा राख्नुअघि उनको अस्पतालमा उपचार गरिएको छ ।

यसले अमेरिकामा फेरि पनि नागरिकलाई बन्दुक राख्न दिने नियमबारे चर्को बहस उठेको छ । बन्दुक राख्न पाउने नियमलाई कडाईका साथ लागु गर्न नेताहरुलाई नागरिकको आग्रह छ । तर अहिलेसम्म पनि अमेरिकामा बन्दुक नियन्त्रण गर्नेबारे ठोस कानुन आएको छैन् ।

जसकारण वर्षेनी हुने अन्धाधुन्दा गोली प्रहारबाट निर्दोष नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।

यसअघि मार्च १६ मा जर्जिया राज्यको एटलान्टास्थित ३ वटा स्पामा भएको गोलीकाण्डमा ६ जना एसियाली–अमेरिकी महिलासहित ८ जनाको मृत्यु भएको थियो ।

गत महिना मात्रै अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद्‍मा हतियारसम्बन्धी कानुनमा सुधार गर्ने बताएका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु