Information is intelligence
HomePoliticsविराटनगर विमानस्थलमा पत्रकारहरूसँग किन जङ्गिए देउवा

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग किन जङ्गिए देउवा

- Advertisement -spot_img

विराटनगर | कांग्रेस सभापति शेरबहादुर देउवा पत्रकारहरूसँग जङ्गिएका छन् ।

मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूले कांग्रेस सरकारमा जान्छ कि जान्न भन्ने प्रश्न दोहोराएपछि देउवा रिसाएका हुन् ।

‘कांग्रेस विपक्षी पार्टी, विपक्षी पार्टी, विपक्षी पार्टी, लौ जानुस् भयो।’ उनले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

ओली सरकारका विरूद्ध अविश्वासको प्रस्ताव कहिले आउला भन्ने विषयमा उनले केही बताउन चाहेनन्। अविश्वासको प्रस्ताव आयो भने के गर्नुहुन्छ भन्ने सवाल गर्दा पनि उत्तर दिन मानेनन्।

केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभापति देउवा विराटनगर पुगेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु