Information is intelligence
HomeSportsत्रि–देशिय फुटबल प्रतियोगिता आज बाट सुरु,दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य

त्रि–देशिय फुटबल प्रतियोगिता आज बाट सुरु,दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य

- Advertisement -spot_img

काठमाडौं | त्रि–देशिय फुटबल प्रतियोगिता मंगलबार(आज)बाट सुरु हुदैछ । पहिलो खेलमा साँझ साढे ५ बजे बंगलादेश र किर्गिस्तान भिड्दै छन् ।

कोरोना भाइरसको महामारीका कारण दर्शकलाई खेल हेर्न मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।

एन्फाले सोमबार एक बिज्ञप्ती जारी गर्दै त्रिदेशिय फुटबल हेर्न दर्शकलाई मास्क र सेनिटाइजर अनिवार्य भएको जानकारी गराएको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार मास्कर र सेनिटाइजर अनिवार्य गरिएको एन्फाले जनाएको छ ।

एन्फाले दर्शकका लागि तापक्रम नाप्ने, सेनिटाइजर अनिवार्य लगाउनुपर्ने, भौतिक तथा सामाजिक दुरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्ने सहितका मापदण्ड अनिवार्य गरेको छ ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु