Information is intelligence
HomeInternationalसेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु

सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु

- Advertisement -spot_img

काठमाडौँ- म्यान्मारमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ।

फ्रेबुअरी १ मा सेनाले कु गरेर सत्ता हत्याएपछि गोली लागि मृत्यु हुने य मन्डालय शहरकी ती बालिका सबैभन्दा कम उमेरको रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ती बालिका घरमै रहँदा गोली हानिएको परिवारजनले दाबी गरेका छन्।

सेभ द चिल्ड्रेनले अहिलेसम्म सुरक्षाकर्मीको गोली लागेर मारिएकामध्ये २० जना बालबालिका भएको जनाएको छ ।

सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा बुधबार बिहानसम्म १६४ जनाको ज्यान गएको जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु