Information is intelligence
HomePoliticsमुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ?: प्रधानमन्त्री ओली

मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ?: प्रधानमन्त्री ओली

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि नेपाली बेसहारा नभएको बताएका छन् ।

नगरपालिका संघको २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र संघीय सरकारसहित देशमा ७६१ सरकार रहेको छ। यीनै ७६१ सरसकारले जनतालाई बेसहारा बन्न नदिने प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कोही-कसैले जनता बेसहरा भएको भनेर भनेको सुन्छु । मुलुकमा ७६१ वटा सरकार छ, कसरी जनता बेसहारा भए ? एउटा संघीय सरकार छ, ७ वटा प्रदेश सरकार छन् अनि ७५३ वटा स्थानीय सरकार नै छन् । अब कसरी भए जनता बेसहारा ? सबै जनताको रेखदेख सरकारले गर्छ ।’

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु