Information is intelligence
HomeOpinionतानाशाही प्रवृत्तिकाे तराजुमा हिटलर र ओली

तानाशाही प्रवृत्तिकाे तराजुमा हिटलर र ओली

- Advertisement -spot_img

हिटलर

विश्वमा अधिनायकवादी शासककाे नाम लिने हाे भने अधिकांशकाे मुखमा आउने पहिलाे नाम हाे एडाेल्फ हिटलर । सन १९३३ देखि १९४५ सम्म जर्मनीकाे चान्सलर बनेका हिटलर सत्तामा पुग्ने बित्तिकै राष्ट्रपतिकाे पद खारेज गरेर शक्तिशाली बन्ने प्रयास गरेका थिए । जसमा उनी सफल पनि भए ।

प्रथम विश्वयुद्दमा सैनिक रहेका हिटलर द्वितीय विश्वयुद्धकाे कारक पात्र मानिन्छन् । प्रथम विश्वयुद्धमा जर्मनी पराजित भएपछि बदला लिने तीब्र आकांक्षाका कारण उनी जर्मनीकाे सर्वाेच्च नेतासमेत बन्न पुगे । सन् १९२३ मा उनकाे पार्टीले सरकारविराेधी कार्य गर्दा गिरफ्तार गरी उनलाई जेल हालिएकाे थियाे । जेलमा नै रहँदा उनले मेराे संघर्ष नामक पुस्तक लेखे जसबाट उनलाई राजनीतिक जीवनमा अझ सफलता प्राप्त गर्न सहज भयाे ।

प्रथम विश्वयुद्धपश्चात जर्मनीकाे आर्थिक अवस्था एकदमै जर्जर बन्न पुग्याे । जर्मनीमा यहुदीहरूका कारण प्रथम विश्वयुद्धमा पराजय ब्यहाेर्नुपर्याे भन्ने भावना विकशित भैरहेकाे थियाे र त्यतिबेलाकाे जर्मनीकाे साम्यवादमाथी विराेध भैरहेकाे अवस्थामा यी सबै कमजाेरीहरूमाथी टेकेर हिटलरकाे उदय भएकाे थियाे ।

जर्मनीकाे आर्थिक अवस्था सुधार गर्ने उपायहरू देखाएर उनले भाषणमार्फत जनताहरूलाई आफूतर्फ आकर्षित गराउन थाले । उनका प्रमुख प्रचारक गाेयबल्स थिए । जसकाे सिद्दान्त थियाे कुनैपनि झुटलाई तबसम्म दाेहाेर्याउ , जबसम्म उक्त झुट सत्य बन्दैन । त्यही शैलीलाई अपनाएर हिटलरले आफ्ना समर्थकहरू बटुल्दै गए । तात्कालीन शासकहरूसँग असन्तुष्ट रहेका जनताहरू हिटलरतर्फ आकर्षित हुँदै गए र हिटलर शक्तिशाली बन्दै गए ।

जब हिटलर सत्तामा पुगे उनी प्रथम विश्वयुद्धकाे बदला लिन आतुर थिए । पराजित व्यक्ति भविष्यमा कहिँ गनिँदैन भन्ने उनलाई थाहा थियाे र हरदम जित्नका लागि उनी संघर्ष गरिरहे । द्वितीय विश्वयुद्धमा जबसम्म अमेरिकाकाे प्रवेश भएकाे थिएन तबसम्म जर्मन शक्तिशाली देखिएकाे थियाे । तर , जब अमेरिकाले द्वितीय  विश्वयुद्धमा भाग लियाे जर्मन कमजाेर बन्दै गयाे र हिटलरले आत्महत्या नै गरे । एक तानाशाहकाे अन्त्य सँधै निर्मम हुने गर्छ । जुन हिटलरमा पनि लागु भयाे ।

हिटलर चान्सलर भएकाे बेला विद्यालयहरूमा उनका लागि प्रार्थना गराउने गरिन्थ्याे । विद्यालयहरूमा हाम्रा नेता एडाेल्फ हिटलर, हामी तिमीलाई प्रेम गर्छाैँ , तिम्राे लागि प्रार्थना गर्छाैँ , हामी तिम्राे भाषण सुन्न चाहन्छाैँ , हामी तिम्रा लागि काम गर्न चाहन्छाैँ । भनी पढाउने गरिन्थ्याे ।

नेपालकाे परिवेशमा अधिनायकवाद
भन्नेहरूले पृथ्वीनारायण शाहलाई अधिनायकवादी भन्छन्। कतिपयले जंगबहादुर राणालाई अधिनायकवादी भन्छन् । राणाकाललाई त इतिहासकै निर्मम र निरंकुश भनेर चिनाइने गरिन्छ । शाहकाल पनि निरंकुश भनि परिभाषित गर्ने गरिएकाे छ ।

नेपालकाे पछिल्लाे राजनीतिक समयचक्रमा समाहित भएका पुष्पकमल दाहाल प्रचण्डदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई अधिनायकवादी बन्न प्रयास गरेकाे आराेपहरू लाग्ने गर्छन् ।

२०७७ साल पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकाे संविधान विपरीत प्रतिनिधिसभा विघटन गरे । जुन निर्णय सर्वाेच्च अदालतले फागुन ११ गते बदर गरिदियाे । त्यसपछि फागुन २३ गते पहिलाेपटक प्रतिनिधिसभाकाे बैठक बस्याे जहाँ प्रधानमन्त्रीले सरकारका तर्फबाट केही विधेयकहरू टेबल गरे । तर बैठक आफ्नै पार्टीका अन्य नेताहरूकाे अवराेधका कारण स्थगित हुन पुग्याे । बैठक स्थगित गरेका नेताहरूले शाेकप्रस्ताव लगायतका बहाना बनाएपनि भित्री कुरा थियाे प्रधानमन्त्री अधिनायकवादकाे मार्गमा जाँदैछन् । उनीहरुले प्रधानमन्त्रीले प्रतिनिधिसभालाई कारबाही गर्न सक्ने अध्यादेश संसदबाट पारित गराउन खाेज्दैछन् भनी कतिपय नेताहरु मुखामुख गर्दै थिए ।

फागुन २३ गते नै सर्वाेच्च अदालतले अर्काे निर्णय गर्याे। पूर्व एमाले र पूर्व माओवादी मिलेर बनेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे नाम ऋषि कट्टेल नेतृत्वकाे पार्टीकाे नामसँग मेल खाएकाे हुनाले पार्टी एकता गर्ने भए अर्काे नाम राखि गर्नु । याे निर्णयपश्चात एमाले र माओवादी पहिलेकै अवस्थामा अलग अलग पार्टीकाे रूपमा व्युँतिए । त्यसपछि एमालेभित्र संस्थापन पक्ष र प्रतिपक्षबीचकाे लडाइँ झनै सतहमा आयाे ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे केन्द्रीय कमिटी बैठक बाेलाए जसमा माधव नेपाल , झलनाथ खनाल समूह गएन । उक्त बैठकले विभिन्न निर्णय गर्याे । जसमा पार्टीका अधिकांश अधिकार पार्टी अध्यक्षकाे मातहतमा ल्याइए । यसबाट माधव नेपाल झलनाथ खनाल समूह सशंकित भयाे । उसले भन्याेः पार्टी अध्यक्ष अधिनायकवादी शैलीमा गए ।

केपी शर्मा ओली अधिनायकवादकाे बाटाेमा गएकै हुन् त ?

केपी शर्मा ‌ओलीलाई अधिनायकवादी मान्नेहरूले लगाउने आराेपहरू
२०७७ साल बैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल परित्याग सम्बन्धी कानून संशाेधन गर्दै पार्टीभित्रकाे संसदीय दलमा ४० प्रतिशत मत पुर्याउन सके पार्टी फुटाउन सकिने व्यवस्था गरे । जसलाई केही समयमा नै फिर्ता गर्नुपर्याे ।

२०७६ सालकाे नीति तथा कार्यक्रमकाे वाचनमा राष्ट्रपतिले मेराे सरकार भनेकाेमाे सबैतिरबाट विराेध आउँदा प्रधानमन्त्रील जानीबुझी मेराे सरकार राखिएकाे हाे भने । जुन व्यक्तिगत सरकारकाे अभिलासाकाे उत्कण्ठा थियाे ।

‘राष्ट्रिय अनुसन्धान विभाग’ प्रधानमन्त्री कार्यालय मातहत ल्याउने , सामाजिक सञ्जाल निर्देशिका जारी गर्ने , पत्रकारहरूले तपाइँ सम्बाेधन गर्नुपर्ने आदेश दिने लगायतका  प्रयास भयाे ।

प्रतिनिधिसभाकाे विघटनपश्चात गरिएका गुटका कार्यक्रमहरूमाे केपी शर्मा ओलीका प्रतिमाहरू ठड्याउने , स्टेजभन्दा अग्ला प्रतिमाहरू जुन मभन्दा माथी काेही छैन भन्ने भ्रम सिर्जना गर्न मात्र राखिने गर्छन् ।

आफू सुरक्षित हुँदा अरूका समस्या सुन्नै नखाेज्ने तर आफू केही कमजाेर हुनासाथ फेरी सहयाेगकाे याचना गरिहाल्ने । उदाहरणका लागि नेकपाले बहुमत पाएर दुईतिहाइ बहुमत नपाउँदा मधेशवादी दलहरूलाई संविधान संशाेधनकाे आशा देखाएर सरकारमा बाेलाउने । आफू शक्तिशाली हुनासाथ अहिलेसम्म उनीहरूका मुद्दा सुनुवाइ भएकाे अवस्था छैन ।

प्रतिनिधिसभा विघटन खारेजपश्चात बसेकाे पहिलाे प्रतिनिधिसभाकाे बैठकमा प्रधानमन्त्री १५ मिनेटअघि नै बैठकस्थलबाट बाहिरिएका थिए । पछि उनले सरकारले ल्याएका विधेयकहरू पास गर्न दिएन भन्दै हिँडे । राेष्टममा बसेर कुरा सुन्न नसक्ने ओलीकाे बानी नै बसिसकेकाे अवस्था छ ।

निष्कर्ष
सरकारले गरेका कतिपय कामका आधारमा नै एक व्यक्ति अधिनायकवादकाे आकांक्षी हाे वा हाेइन भन्न सकिन्न । तर उसकाे प्रवृत्ति र संसारमा अन्य अधिनायकवादी व्यक्तिहरूकाे प्रवृत्तिलाई केलाउँदा केही तादात्म्यता प्रकट गर्न भने सकिन्छ ।

तानाशाहीहरू हार्न चाहँदैनन् । पराजित मानसिकता हुनासाथ उनीहरू निर्मम हुन्छन् । तानाशाहहरू मष्तिस्कसँग खेल्न माहिर हुन्छन् । देशभक्ति नै उनीहरूकाे साधन हुन्छ । विपक्षीहरूलाई मैदानमा पस्न दिँदैनन् । हिटलरले सरकारमा पुग्नासाथ यहुदीहरूलाई देश निकाला गरिदिएका थिए ।

याे लेखमा हिटलरलाई मात्र आधार मानेर केलाइएकाे प्रवृत्तिसँग केपी शर्मा ओलीका केही समानताहरू देखिएपनि समग्रमा नेपालमा तानाशाह र अधिनायकवादकाे पल्ला भारी हुन छाडेकाे धेरै भइसकेकाे छ । २००७ सालकाे क्रान्तिपश्चात नेपालमा तानाशाहीहरूकाे किल्ला भत्किएकाे कतिपय विद्वानहरू बताउँछन् ।

केपी शर्मा ओलीका कार्यहरू हेर्दा र उनका भाषणहरू सुन्दा कतै उनी अधिनायकवाद त चाहँदैनन् ? भनी प्रश्न उठ्नु स्वभाविक छ । तर , चेतनशील जनता र बदलिँदाे विश्व परिस्थितिकाे सामुन्ने उनले त्याे हिम्मत गरिहाल्न सक्छन् भन्ने देखिएकाे छैन,तर लक्षण भने अधिनायकवादकै रहेकाे छ । अन्य देशकाे सहाराबिना एक्लै एउटा बाटाेमात्र पनि निर्माण गर्न नसक्ने अहिलेकाे नेपालमा लेखकबाट कुनैपनि नेपाली नेता हाल अधिनायकवादकाे बाटाेमा हिँड्न सक्छ भन्ने आशा रहेकाे छैन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु