Information is intelligence
HomePoliticsपार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने बारे छलफल

पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने बारे छलफल

- Advertisement -spot_img

नेकपा ( माओवादी केन्द्र  ) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुश्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रिय किमिटिमा छलफल भइरहेको बताए ।

हिजाे नेपाल राष्ट्रिय उद्याेग व्यापार संगठनको २ दिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यलाई संवोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन् । पार्टीलाई अबका दिनमा कसरी लैजाने, पूर्व संरचनालाई यथावत नै राख्ने की ? परिमार्जित गर्ने भन्दै नयाँ मोडालिटीको खोजीका सम्बन्धमा छलफल भएको बताए ।

कार्यक्रममा पार्टी स्थाई कमिटि सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको र अहिलेको चुनौतीलाई सामना गर्न शक्ति जुटाई रहेको बताए ।

यसै क्रममा संस्थाका अध्यक्ष श्याम पाठकले वि.स.२०६४ सालमा स्थापीत संङ्गठन ६५ जिल्लामा विस्तार भएको भएता पनि अब प्रदेश र स्थानीय स्तरमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

(  रा.स.स.  )

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय