Information is intelligence
HomeNewsनिर्माण प्रक्रियामा महिला सहभागिता गराउनमा जोड

निर्माण प्रक्रियामा महिला सहभागिता गराउनमा जोड

- Advertisement -spot_img

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सार्वजनिक महिलाहरुलाई जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागि बनाउन तथा निर्णय प्रक्रियामा सामेल गराउने कार्यमा सरकार क्रियाशिल रहेको बताएकी छन् ।

महिलाको अवस्था सम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६५ औ बैंठकलाई मंङ्गगलबार संवोधन गर्दै उनले सन् २०३० सम्ममा लैंङ्गिक समानता सम्बन्धि दिगो विकास लक्ष्य हासिल गर्न, संरचनागत व्यवधान हटाउन, समान वंशाधिकार र सम्पत्ति माथीको अधिकार, सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार, राज्यका सबै संरचनामा संवैधानिक व्यवस्था अनुसार नै महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गराइएको पनि बताइन ।

महिलालाई सार्वजनिक जीवनमा पूर्ण र प्रभावकारी रुपमा सहभागि गराउने तथा उनीहरुलाई निर्णय प्रक्रियामा सामेल गराउने विषयमा यही चैत २ गते देखि १३ गते सम्मका लागि आयोजना गरिएको कार्यक्रममा नेपाल सरकारले लैंङ्गिक हिंसा विरुद् शुन्य सहनशिलताको नीति अवलम्वन गरेको, हालै लागु गरिएको राष्ट्रिय लैंङ्गिक समनता नीति, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ नियमन अध्यादेशतथा फौजदारी कसुर तथा फौजदारी कार्यविधी सम्बन्धि ऐन संशोधन गर्ने, अध्यादेशले शासनमा सबै तहलाई लैंङ्गिक मैत्री बनाउन सहयोगी हुने पनि बताइन ।

(  रा.स.स.  )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु