Information is intelligence
HomeNewsहोली खेल्न रोक , मास्क नलगाए जरिवाना

होली खेल्न रोक , मास्क नलगाए जरिवाना

- Advertisement -spot_img

बढ्दो कोरोना भाइरसको प्रकोपका कारण यसपालीको होली सार्वजनिक स्थलमा मनाउन नपाइने भएको छ । काठमाणडोेँ जिल्ला प्रशासन कार्यलयले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेको हो ।

विज्ञप्तिमा काभिड १९ को दर बढ्दै गएको , खुुल्ला सिमानाका कारण सङ्क्रमण जाेखिम उच्च रहेको र उक्त जोखिम तथा सङ्क्रमण दर न्यूनिकरण गर्नका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।

विज्ञप्तिका अनुसार अब काठमाण्डोेँ जिल्लाभित्र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए सङ्क्रामक रोग ऐन , २०२० अनुसार कारबाही गरिने छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त मापदण्डभित्र मास्क लगाउने , सामाजिक दूरी कायम गर्ने , बेलाबेलामा हात धुने लगायतका कार्य पर्दछन् ।

जिल्ला प्रशासन कार्यलयको विज्ञप्ति अनुसार सार्वजनिक स्थलमा मास्क प्रयोग नगरेमा जरिवाना लाग्ने कुरा प्रष्ट उल्लेख गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु