Information is intelligence
HomeSportsपोर्चुगल र बेल्जियमको जित, विश्वविजेता फ्रान्स रोकियो

पोर्चुगल र बेल्जियमको जित, विश्वविजेता फ्रान्स रोकियो

- Advertisement -spot_img

विश्वकप युरोप छनोट अन्तर्गत गएराती भएको खेलमा पोर्चुगल र बेल्जियमले पहिलो जित दर्ता गरेका छन् भने बिश्वविजेता फ्रान्स बराबरीमा रोकिएको छ ।

पोर्चुगलले विश्वकपअन्तर्गत युरोप छनोटमा जित निकालेको छ। बिहीबार राति भएको खेलमा पोर्चुगलले अजरबैजानलाई पराजित गर्दै विश्वकप छनोटमा विजयी सुरुवात गरेको हो।

अजरबैजानविरुद्ध पोर्चुगलले १–० गोलको कठिन जित निकाल्यो। समूह ‘ए’ मा रहेको पोर्चुगलको जितमा अजरबैजानका माक्सिम मेडभेडेभलेको आत्मघाती गोलनै निर्णायक गोल बन्यो ।

त्यस्तै, विश्वविजेता फ्रान्स भने आफ्नो पहिलो खेलमा १–१ गोलको बराबरीमा रोकिएको छ।  फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो। विश्वकप छनोटका अन्य खेलमा टर्कीले नेदरल्यान्ड्सलाई ४–२ ले, स्लोभेनियाले क्रोसियालाई १–० ले, रसियाले माल्टालाई ३–१ ले, नर्वेले जिब्राल्टारलाई ३–० ले पराजित गरेका छन्।

अर्को खेलमा समूह ‘इ’ को बेल्जियमले विश्वकप छनोट फुटबलमा वेल्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलअन्तरले पराजित गरेको हो।  बेल्जियमको जितमा केभिन डे ब्रुयन, थोर्गन हजार्ड र रोमेलु लुकाकुले गोल गरे।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु