Information is intelligence
HomeSportsसन्दीपले इङल्यान्डको घरेलु लिग टि ट्वान्टी ब्लास्ट खेल्ने

सन्दीपले इङल्यान्डको घरेलु लिग टि ट्वान्टी ब्लास्ट खेल्ने

- Advertisement -spot_img

काठमाडौं । स्पिनर सन्दीप लामिछाने अर्को फ्रेन्चाइज क्रिकेट लिगमा आवद्ध भएका छन् । नेपाली युवा स्टार सन्दीपले इङल्यान्डको घरेलु लिग टि ट्वान्टी ब्लास्ट खेल्ने भएका हुन् ।

सन्दीपले वर्सेस्टरशायर क्रिकेट क्लबबाट टि ट्वान्टी ब्लास्ट खेल्नेछन् । क्लबको आधिकारिक वेभसाइडमा सन्दीपको अनुबन्धन बारे जानकारी गराइएको छ । २० वर्षिय सन्दीपले यो लिग पहिलो पटक खेल्न लागेका हुन् । क्लबका प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको आगमनले टिममा सन्तुलन कायम हुने प्रतिकृया दिएका छन् ।

उनले सन्दीपलाई रहस्यमय स्पिनरको रुपमा ब्याख्या गरे । सन्दीपसँगको सम्झौताले खुशी भएको क्लबले जनाएको छ । विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिग खेलिरहेका सन्दीपका लागि टि ट्वान्टी ब्लास्ट नयाँ प्रतियोगिता हो ।

इंगल्यान्ड वेल्स क्रिकेट बोर्ड (EWCB) द्वारा आयोजित, यो क्रिकेट प्रतियोगिता जून ९ देखि सेप्टेम्बर १८ सम्म हुनेछ।

लामिछानेले २०२१ सीजनको लागि वर्सेस्टरशायर क्रिकेट क्लबसँग एउटा सम्झौतामा हस्ताक्षर गरे, लामिछाने टी २० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली क्रिकेटर पनि बनेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु