Information is intelligence
HomeSportsनेपाल र किर्गिस्तान भिड्दै, यसरी हेर्नुहोस्

नेपाल र किर्गिस्तान भिड्दै, यसरी हेर्नुहोस्

- Advertisement -spot_img

त्रिदेशीय कप अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फूटवलको आफ्नो पहिलो खेलमा नेपालले आज किर्गिस्तानको २३ वर्षमुनिको टिमसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ । किरण चेम्जोङको कप्तानीमा नेपाल मैदानमा उत्रनेछ। किरण चेम्जोङले घरेलु मैदानमा पहिलो पटक कप्तानी गर्दैछन् ।

किर्गिस्तानलाई पराजित गरेको खण्डमा नेपाल एक खेल अगावै प्रतियोगिताको फाईनलमा प्रवेश गर्नेछ । मंगलबार भएको प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानले बंगलादेशसंग १–० को हार व्यहोरेको थियो ।

लाइभ यसरी हेर्नुहोस्:

एन्फाले आइतबार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय फुटबल नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाएको थियो । हामीले नेपाल र किर्गिस्तानको खेल युटुवमा Media Hub च्यानलबाट पनि हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय