Information is intelligence
HomeNewsनक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

- Advertisement -spot_img

प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुईजनालाई  कलङ्कीको तरकारी बजारबाट पक्राउ गरेको छ ।  तिनीहरू रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङ रहेको महानगरीय प्रहरीवृत्त कालिमाटीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डाैँका प्रवक्ता , प्रहरी उपरिक्षक रमेश बहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति कलङ्की तरकारी बजारमा तरकारी किन्न आएको सुराकीका आधारमा बुधबार राति पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिले कीर्तिपुरको एक घरमा प्रिन्टर मेसिनसमेत राखेर नक्कली पैसा छाप्ने गरेको अनुसन्धानमा खुलेको छ । उनीहरूबाट प्रहरीले एक हजार दरको ५१ थान,  ५०० दरको ५७ थान, १०० दरको दुई थान, प्रिन्टर एक थान, फोटोकपी पेपर, पेपर कटर एक थान, ल्यापटप एक थान, मोबाइल एक थान बरामद गरेको छ । पक्राउ परेका दुवैसँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ( रा स स )

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु