Information is intelligence
HomeUncategorizedफेरी लकडाउन लाग्ने अवस्था सिर्जना नगराैँ

फेरी लकडाउन लाग्ने अवस्था सिर्जना नगराैँ

- Advertisement -spot_img

काेराेना महामारीकाे प्रभावस्वरूप नेपाल लगायत समग्र विश्व नै सन् २०२० मा बन्दप्राय रहे । भाइरसकाे बढ्दाे बदलिँदाे स्वरूप र छिटाे प्रभावका कारण विश्व स्ववस्थ्य संगठन नै अन्याैलमा रह्याे । २०२० काे अन्त्यतिर केही खाेपहरू बजारमा आए । हाल केही देशहरूमा खाेप लगाइरहेकाे अवस्था छ । तर केहीदिन यता फेरी काेराेना भाइरसकाे प्रकाेप बढ्दै गएकाे हल्लाहरू सुनिन थालेका छन् । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरसकाे प्रकाेप बढ्दै गएकाले हाेली पर्व घरभित्र नै बसेर मनाउन आग्रह गरेकाे छ। मन्त्रालयकाे यस्ताे आग्रहपश्चात नेपालमा पुनः लकडाउन लाग्ने हाे कि भन्ने डर पैदा भएकाे छ ।

पछिल्लाे एक वर्षमा लकडाउनले दिएकाे पीडा , विश्वभरि नै भएका दर्दनाक अवस्थाहरू , नेपालमा पनि सडकदेखि सदनसम्म छाएकाे नैराश्यताकाे झझल्काे जनताकाे आँखामा झलझली आइरहेकाे छ । फेरी लकडाउन लाग्ने हाे भने जिन्दगी जिउनका साराे पर्ने कतिपय बताउने गर्छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय धरापमा पर्याे , पर्यटन व्यवसाय अझै पूर्ण रूपले सुरू भइसकेकाे छैन , हाेटल व्यवसाय त सुरू नै हुन सकेकाे छैन । कतिपय मिडिया बन्द भैसकेका छन् । साना लगानीकर्ताहरूकाे अवस्था झन् दयनीय अवस्थामा छ । यस्ताे अवस्थामा फेरी लकडाउन हुने हाे भने देशकाे अवस्था कहाँ पुग्ला ?

देशैभरि लकडाउन लगाएर सदनमा झगडा गरेर वर्ष बिताएका नेताहरूलाई त फेरी लकडाउन लागेपनि केही समस्या नदेखिएला । एउटा बैठक पनि नबसी ३ महिनाकाे भत्ता लिन तत्पर रहेका नेताहरू , घर भइ भइ घरभाडा लिने नेताहरू , महामारीकाे समयमा पनि औषधीजन्य पदार्थमा भ्रष्टाचार गर्ने नेताहरूकाे अवस्था कहिल्यै बिग्रिदैँन । तर बिहानदेखि बेलुकासम्म पसिना बगाएर एक छाक खाएर जीवन चलाइरहेका जनताहरू त फेरी लकडाउन लागेमा भुइँबाट उठ्न सक्दैनन् ।

स्वास्थ्य मन्त्रालयले आवश्यकता परेमा पुनः लकडाउन लगाउने बताएकाे छ । यसपाली पनि सार्वजनिक स्थलमा हाेली खेल्न नपाउने , साथै अघिल्लाे लकडाउनमा निर्माण भएकाे आइसाेलेसन र क्वारेन्टिनलाई पुनः तयारी अवस्थामा राख्न दिएकाे निर्देशनबाट जनताहरू त्रसित बनेका छन् ।

भर्खरैमात्र सुरू भएकाे पठनपाठन बन्द हुनेछ , कलकारखाना बन्द हुनेछन् , हाेटल व्यवसाय सकिनेछ, पर्यटन व्यवसाय जमिनमा पुग्नेछ । व्यवसायीहरू डुब्नेछन् । देश नै ध्वस्त हुने अवस्थामा पुग्नेछ । मागेर देश चलाइरहेकाे अवस्थामा अब पनि लकडाउन लाग्ने हाे भने माग्न पनि नसक्ने अवस्था आइपर्नेछ । तसर्थ नियामक निकायदेखि समग्र जनता नै सचेत र सुरक्षित भई जीवनयापन गराैँ ।सरकारकाे मात्र मुख नताकाैँ आफू पनि सतर्क बनाैँ । लकडाउन लगाउन सरकारलाई बाध्य पार्ने अवस्था आउन नदिन हामी पनि सचेत नागरिककाे भूमिका निर्बाह गराैँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु