Information is intelligence
HomePoliticsएमाले संसदीय दलकाे बैठकमा नेपाल पक्ष सहभागी हुने

एमाले संसदीय दलकाे बैठकमा नेपाल पक्ष सहभागी हुने

- Advertisement -spot_img

आज बस्ने भनिएकाे नेकपा एमालेकाे संसदीय दलकाे बैठकमा माधव नेपाल पक्ष पनि सहभागी हुने भएकाे छ । यसअघिका सबै बैठक बहिष्कार गरेकाे नेपाल पक्ष याे बैठकमा भने सहभागी हुने भएकाे हाे ।

बैठकमा सहभागी हुने भएपनि काे काे सहभागी हुने भन्ने विषय भने टुंगाे लागिसकेकाे छैन । संसदीय दलकाे बैठकअघि बस्न लागेकाे नेपाल समूहकाे केन्द्रीय समितिकाे बैठक बस्न लागेकाे र उक्त बैठकबाट निर्णय भएपश्चात काे काे नेता संसदीय दलकाे बैठकमा सहभागी हुने भन्ने टुंगाे लाग्ने एक नेताले जानकारी दिए ।

फागुन २३ गते सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिँदै एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएको थियो। त्यसपछि एमाले अध्यक्ष ओलीको विभिन्न गतिविधि र निर्णयप्रति असहमति जनाउदै खनाल–नेपाल पक्षले पनि समानान्तर गतिविधि गर्दै आएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु