Information is intelligence
HomeSportsविश्वकप छनौटमा जर्मनीको विजयी सुरुवात

विश्वकप छनौटमा जर्मनीको विजयी सुरुवात

- Advertisement -spot_img

एजेन्सी | फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनोटमा जर्मनीले विजयी सुरुवात गरेको छ ।

बिहीबार राति भएको खेलमा जर्मनीले आइसल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा जर्मनीलाई जित दिलाउन लियोन गोर्टेज्का, काइ हाभर्ट्ज र इल्के गुन्डोगानले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा लियोनको गोलबाट जर्मनीले अग्रता बनाएको थियो । सातौं मिनेटमा हाभर्ट्जले गोल गर्दै टिमको अग्रता २-० को बनाए । त्यसपछि खेलको ५६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह ‘जे’ को जर्मनीले पहिलो खेलमै ३ अंक जोडेको छ ।

यसै समूहको अर्को खेलमा रोमानियाले नर्थ मासेडोनियालाई ३-२ ले हराएको छ । अर्मेनियाले लिचेस्टिनलाई १-० ले हराएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु