Information is intelligence
HomeInternationalभारतमा एकै दिन ५९ हजारभन्दा बढीमा संक्रमण

भारतमा एकै दिन ५९ हजारभन्दा बढीमा संक्रमण

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यस्तै, ३२ हजार ९ सय १२ संक्रमित निको भएका छन् भने २५७ को मृत्यु भएको छ । भारतमा एकै दिनमा पुष्टि भएको संक्रमितको यो संख्या गएको अक्टोबर १८ तारिख पछि कै उच्च हो ।

भारतमा हालसम्म १ करोड १८ लाख ४६ हजार ८२ मानिस कोरोनाद्वारा संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ६२ हजार ५०३ जना निको पनि भइसकेका छन् जबकी १ लाख ६० हजार ९८३ बिरामीले ज्यान गुमाएका छन् । यस्तै ४ लाख १७ हजार ४६ हजार ८२ बिरामीको उपचार चलिरहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु