Information is intelligence
HomeNewsमुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु

मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु

- Advertisement -spot_img

मोटरसाइकल दुर्घटनामा परी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका पर्सनल सेक्युरेटी अफिसर (पिएसओ) को मुत्युु भएको छ।

पिएसओ असई मदनजंग कापरले चलाएको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई एक ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको धनुषाको एसपी प्रकाश रानाभाटले बताए।

असई कापरको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। मोटरसाइकल ठक्कर दिएपछि ट्रक भने फरार भएको छ।

उनलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले फेला पार्न सकेको छैन।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु