Information is intelligence
HomeNewsवायु प्रदुषणमा घेरिएको सिंहदरबार (फोटो फिचर)

वायु प्रदुषणमा घेरिएको सिंहदरबार (फोटो फिचर)

- Advertisement -spot_img

शुक्रबार हावामा प्रदुषणको मात्राले खतराको तह पार गरेको छ।

वातावरण विभागको भैंसेपाटीस्थित स्टेशनले २ बजेपछि अपडेट गरेको विवरणमा  वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ३ सय २५ पुगेको छ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार एक्वुआई ३ सयभन्दा माथि हुनु घातक हुने बताए।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि  जानुचाहिँ घातक हो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु