Information is intelligence
HomeNewsतुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित, २ बजेदेखि हवाइ उडान बन्द

तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रभावित, २ बजेदेखि हवाइ उडान बन्द

- Advertisement -spot_img

काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ ।

उनका अनुसार भिजिविलिटी नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’

भिजिब्लिटीमा सुधार भएलगत्तै शुक्रवारको सबै उडान ‘डिले’ हुने सम्भावना रहेको विमानस्थल कार्यालयले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु