Information is intelligence
HomeNewsअब १८ जिल्लामा बाल हेल्प लाइकाे सुविधा

अब १८ जिल्लामा बाल हेल्प लाइकाे सुविधा

- Advertisement -spot_img

काठमाण्डौं । पारिवारिक, समाजिक र अन्य कारणबाट बालबालिका जोखिममा परे सरकारले तुरुन्त उद्धार तथा आवश्यक व्यवस्थापन गर्दै आएको छ । बाल हेल्प लाईन १०९८,  को थप सेवा सङ्खुवासभा, इलाम, धनुषा, बारा, कालीकोट र रुपन्देही जिल्लामामा सञ्चालन गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषदको सहयोगसहित ७ वटा संस्थाहरुसँगको सहकार्यमा यसअघि काठमाडौँ, मोरङ, मकवानपुर, बाँके, कास्की, कैलाली, चितवन, उदयपुर, सुनसरी दैलेख, सुर्खेत र बाजुरा लगायतका १२ स्थानमा सञ्चालित सो हेल्पलाइनको सेवा विस्तार गरी १८ स्थानमा पु-याइएको हो ।

बालबालिका नीति, २०६९ मा संरक्षण तथा सुरक्षाको आवश्यकता परेका बालबालिकाका लागि तत्काल सहायता उपलब्ध गराउन हेल्पलाइन / हटलाइन लगायतका सेवाको प्रवर्द्धन गर्ने व्यवस्था उल्लेख छ ।

बाल हेल्पलाइन नेपाल १०९८ अनुसार सञ्चालन कार्यविधी, २०७६ बनाएर बालबालिकाको सहयोगका लागि  कार्यान्वयन भइरहेको  बालहेल्प लाइन विस्तार हुँदा जोखिममा परेका बालबालिकाले उचित सहयोग पाउने क्रममा वृद्धि भइरहेको छ ।

यस सेवाबाट यस आर्थिक वर्षको आठ महिनाको अवधिमा ४५० बालक, १९७ बालिका, २५३ बालबालिकालाई हिंसा दुव्र्यवहारबाट उद्दार गरी संरक्षण, राहत तथा पुनर्स्थापना सहायता प्रदान गरिएको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको छ ।

त्यसै गरी संरक्षण सहयोगको आवश्यकता भएका पाँचहजार २ सय २२ बालक, २ हजार ६७ बालिकालाई सहयोग प्रदान गरिएको छ भने ३ हजार १ सय ५५ बालबालिकालाई बाल संरक्षण सम्बन्धी सहायताहरु प्रदान गरिएको छ ।

आर्थिक वर्ष २०७५ / ७६ मा बाल हेल्पलाइनमार्फत जोखिमपूर्ण अवस्थामा रहेका १ हजार ४ सय २० (बालक ७ सय १९ र बालिका ७ सय १ जना ) जना बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गरिएको नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन ,२०७७ मा उल्लेख छ ।

त्यसै गरी संरक्षण सहयोगको आवश्यकता भएका ८ हजार ७ सय ४४ जना (बालक ४ हजार ४७, बालिका ४ हजार ६ सय ९७) बालबालिकालाई सहयोग प्रदान गरिएको थियो  ।

चैत ८ गते काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेलले बालमैत्री वातावरण सृजनाको लागि बाल हेल्पलाइन १०९८ को विस्तार गर्दै २५ स्थानमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

बालबालिका माथि हुने हिंसा, यौनजयन्य दुव्र्यवहार, बालबिवाह, स्कुल, घर, समाज र परिवारमा बालमैत्री वातावरण विपरीतका सबै खाले अमानिय घटनाको बाल हेल्पलाइनमा बालक्लवका पदाधिकारी लगायत बालबालिका स्वयम लगायत समाजमा बस्ने सबै तह वर्गका व्यक्तिहरुले  खबर गरेमा तत्काल आवश्यक सहयोग उपलब्ध गराउन परिषद्ले समन्वयात्मका भूमिका खेल्दै आएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु