Information is intelligence
HomeInternationalकाेराेना खाेप लगाएका सचिन तेन्दुलकरलाई काेराेना संक्रमण

काेराेना खाेप लगाएका सचिन तेन्दुलकरलाई काेराेना संक्रमण

- Advertisement -spot_img

भारतीय  क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।शनिवार सचिन आफैले सामाजिक सञ्जालमार्फत आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि सचिन आफ्नै घरको क्वारेन्टीनमा बसिरहेका छन् । उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप लगाएको बताइएको छ ।

त्यस्तै केहि दिन अघि कोरोना खोप लगाएका अभिनेता परेस रावललाई पनि कोरोना सक्रमण पुष्टि भएको छ ।
रावलले शुक्रबारका आफ्नो ट्विटरमा आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म कोरोना संक्रमित भएको छु। विगत १० दिनदेखि मेरो सम्पर्कमा आउनु हुने जो कोही महानुभावले पनि पीसीआर टेस्ट गराउनु होला । ’

विश्व स्वास्थ्य संगठनले आपतकालिन अनुमति दिएका खाेपहरूकाे ७० प्रतिशतसम्म प्रभाव रहने बताइएकाे थियाे ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु