Information is intelligence
HomeEntertainment & Artsयी हुन् आफ्नै विमान भएका बलिउड कलाकारहरू

यी हुन् आफ्नै विमान भएका बलिउड कलाकारहरू

- Advertisement -spot_img

भारतीय फिल्म इन्डस्ट्रि जसलाई बलिउड भनिन्छ , विश्वकै महंगाे फिल्म इन्डस्ट्रि हाे । यहाँ लाखाैँ कलाकारहरूले आफ्नाे कलाकाे जादु देखाइसकेका छन् । विश्वमा बलिउड इन्डस्ट्रि सायदै कुनै देशमा नसुनिएकाे हाेला । यहाँका कलाकारहरू विश्वभरि रहेका आफ्ना फ्यानहरूसँग चिरपरिचित छन् । कलाकारहरूकाे व्यक्तिगत जीवनसँग पनि कतिपय फ्यानहरू परिचित छन् । त्यस्तै कसैकाे परिचित कसैकाे अपरिचितमध्ये आज हामीले बलिउडका ती कलाकारहरू जाेसँग आफ्नै विमान छ तिनीहरूका बारेमा जानकारि दिनेछाैँ ।

१. शिल्पा शेट्टी

बलिउड सुन्दरी शिल्पा सेट्टीसँग आफ्नै विमान रहेकाे छ । उनी परिवारसँग विदेश घुम्न जाँदा हाेस या भारतभित्रै पनि विभिन्न ठाउँ जाँदा आफ्नाे विमान प्रयाेग गर्ने गर्छिन् । एक समयमा सफल अभिनेत्रीकाे रूपमा इन्डस्ट्रिमा काम गरेकी शिल्पा हाल टिभि रियालिटी शाेमा रहेकी छिन् ।

२. अनिल कपुर

बलिउडका झक्कास ब्वाइ अनिल कपुरसँग पनि आफ्नै विमान रहेकाे छ । बलिउडमा ९० काे दशकदेखि लगातार फिल्म खेलिरहेका अनिल कपुर प्राय घुम्न जाँदा आफ्नाे विमान प्रयाेग गर्ने गर्छन् । पछिल्लाे समय फिल्म र वेव सिरिजमा सँगसँगै देखिइरहेका अनिल सफल कलाकारमध्ये गनिन्छन् ।

३. सलमान खान

बलिउड दबङ्ग किङ् सलमान खानसँग आफ्नाे पर्सनल विमान रहेकाे छ । अक्सर आउटडाेर सुटिङका लागि विदेश जाँदा उनी विमान प्रयाेग गर्ने गर्छन् । साथै परिवारसँग समय विताउनका लागि पनि उनि घुम्न जाँदा विमान प्रयाेग गर्ने गर्छन् ।

४. साहरूख खान

बलिउड सुपरस्टार किङ्ग खानसँग पनि आफ्नै विमान रहेकाे छ । उनी परिवारसँग घुम्नका लागि अधिकतम रूपमा आफ्नाे विमान प्रयाेग गर्न गर्छन् ।

५. प्रियंका चाेपडा

बलिउड क्विन प्रियंका चाेपडासँग पनि आफ्नाे विमान रहेकाे छ । हाल बलिउड र हलिउड दुवैतिर सफल रहेकी नायिका प्रियंका घुमफिर गर्न र आउटडाेर सुटिङ्गमा जानका लागि विमान प्रयाेग गर्ने गर्छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय