Information is intelligence
HomeEntertainment & Artsराजधानीमा चित्रकला प्रतियोगिता सम्पन्न

राजधानीमा चित्रकला प्रतियोगिता सम्पन्न

- Advertisement -spot_img

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा जागरण नेपालद्वारा शुक्रवार राजधानीमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।

सो चित्रकला प्रतियोगितामा काठमाडौँ महानगरपालिकाका उप–प्रमुख हरिप्रभा खड्गीले लक्ष्यसहित अगाडि बढ्न युवालाई आव्हान गर्दै किशोर / किशोरीले स्कुल पढ्दादेखि नै भविष्यमा गर्ने काम र पेशाबारे स्पष्ट भएर पढे लक्ष्य हासिल हुने, काठमाडौँ महानगरपालिका भित्रको सबै सामुदायिक स्कुलको स्तरउन्नतीको लागि पहल भईरहेको पनि बताइन ।

कार्यक्रममा जागरण नेपालका अध्यक्ष सम्झना पोखरेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने मौकाका लागि जागरण नेपाल सधैं प्रतिवद्ध रहेको बताइन ।

सो चित्रकला प्रतियोगितमा पद्कन्या विद्याश्रमका जलसा कोइराला प्रथम, महाङ्काल माविका सरस्वती चौधरी दितिय र पद्मोदय माविका प्रश्मी खकुरेल तृतिय भएका थिए भने संस्कृत माविका विजु लिम्बु र पद्मकन्या विद्याश्रमका हिरा थापामगरले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

प्रथम हुनेलाई रु ५ हजार रुपैया, दितिय हुनेलाई रु ४ हजार रुपैया र तृतिय हुनेलाई रु ३ हजार रुपैया र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई नगद र  पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । चित्रकला प्रतियोगितामा पद्मकन्या श्रोत केन्द्र अन्तर्गतका ९ वटा सामुदायिक विद्यालयका ३६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चित्रकला प्रतियोगिताको निर्णायक ललितकला क्याम्पसका प्राध्यापक नेमबहादुर तामाङ थिए । उनले विद्यार्थीहरुले बनाएका चित्रकलालाई छनौट गर्दा प्रस्तुती र दिइएको विषयलाई आधार बनाइएको बताए ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय