Information is intelligence
HomeNewsट्रायल पास गर्नासाथ लाइसेन्स पाइने,७० अंक ल्याए पुग्ने

ट्रायल पास गर्नासाथ लाइसेन्स पाइने,७० अंक ल्याए पुग्ने

- Advertisement -spot_img

नेपाल सरकारले अब ट्रायल पास गर्नासाथ अस्थायी लाइसेन्स उपलब्ध गराउने भएकाे छ । वैशाख १ बाट उक्त व्यवस्था लागु हुने भएको हो ।

यो सँगै ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र ९लाइसेन्स० को नयाँ व्यवस्था गर्ने भएको हो ।

प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयले जनाएका छ ।

साथै हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय