Information is intelligence
HomeShare Bazarब्राेकरले T+2 पालना नगरेकाे भन्दै प्रशासन कार्यालयमा उजुरी (उजुरीसहित)

ब्राेकरले T+2 पालना नगरेकाे भन्दै प्रशासन कार्यालयमा उजुरी (उजुरीसहित)

- Advertisement -spot_img

नेपाल धिताेपत्र बाेर्डले शेयर काराेबार छिटाे राफसाफ गर्न भन्दै गत माघ १४ गतेबाट T+2 नियम लागु गर्याे । लगानीकर्ता तथा ब्राेकर दुवैतर्फबाट हुने काराेबार रकम तथा अन्य प्रकृया काराेबार भएकाे दिनसहित तेश्राे दिनमा राफसाफ गर्नुपर्ने नियममा उल्लेख गरिएकाे छ। तर, कतिपय ब्राेकरहरूले भने उक्त नियम पालना नगरेकाे पाइएकाे छ ।

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा ब्राेकरले रकम ढिला उपलब्ध गराएकाे भन्दै आवश्यक क्षतिपूर्ति र कारबाहीका लागि निवेदन परेकाे छ । ब्राेकर नं ३५ स्वर्णलक्ष्मी सेक्युरिटिजले २०७७ साल फागुन ११ गते बिक्री गरेकाे शेयरकाे रकम चैत १२ गते अर्थात ३२ दिन पछि उपलब्ध गराएकाे भन्दै एक लगानीकर्ताले उजुरी दिएकी हुन् ।

निवेदनमा भुक्तानीमा ढिलाइ भएकाले आवश्यक कारबाही तथा क्षतिपूर्तिका लागि अनुराेध गरिएकाे छ । साथै भूक्तानीमा ढिलाइ हुँदा आम सर्वसाधारणलाइ समेत असुविधा पर्ने हुँदा कारबाहीकाे माग पनि गर्दछु भनी लेखिएकाे छ।

हेर्नुहाेस उजुरी

श्राेतः सामाजिक सञ्जाल
- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय