Information is intelligence
HomeSportsथ्री नेसन्स कपको फाइनल खेल आज, प्रधानमन्त्री ओली सहभागी हुँदै

थ्री नेसन्स कपको फाइनल खेल आज, प्रधानमन्त्री ओली सहभागी हुँदै

- Advertisement -spot_img

प्रधानमन्त्री केपी शर्मा ओली थ्री नेसन्स कपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् ।

सोमबार दिउँसो नेपाल र बंगलादेशबीच फाइनल प्रतियोगिता हेर्न प्रधानमन्त्री ओली रंगशाला आउने अखिल नेपाल फुटबल महासंघ(एन्फा) का प्रवक्ता किरण राईले बताए । ‘प्रधानमन्त्रीज्यू सवा ५ बजे रंगशाला आइपुग्ने कार्यक्रम छ । उहाँले फाइनल खेल हेरेपछि पुरस्कार वितरण गर्नुहुनेछ,’ प्रवक्ता राईले भने ।

नेपाल र बंगलादेशबीचको फाइनल बेलुकी साढे ५ बजेदेखि सुरु हुनेछ । नेपाल र बंगलादेश तेस्रोपल्ट फाइनलमा भिड्न लागेका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु