Information is intelligence
HomeSportsप्रथम कालिका गोल्डकप चैत २१ देखि, उत्कृष्ट खेलाडीलाई साइकल

प्रथम कालिका गोल्डकप चैत २१ देखि, उत्कृष्ट खेलाडीलाई साइकल

- Advertisement -spot_img

पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो ।

यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए । प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई रु एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई रु ५५ हजार ५५५ पुरस्कार, ट्रफी र प्रमणपत्र प्रदान गरिने चौधरीले बताए । ‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साइकल पुरस्कार दिइने छ ।रासस

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु