Information is intelligence
HomeSportsफुटबल नराेजेकाे भए मलाइ विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाइ म...

फुटबल नराेजेकाे भए मलाइ विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाइ म भगवान् मान्छुः विराज

- Advertisement -spot_img

नेपाली राष्ट्रिय फुटबल टाेलीका पूर्व कप्तान विराज महर्जनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिन्छु तर , एक खेल भएपनि दशरथ रंगशालामा खेल्न पाउँ भन्दै दुःखेशाे पाेखेकाे १ वर्षअघिजति हाे । उनी विगत केही समयदेखि नेपालकाे राष्ट्रिय टाेलीमा समावेश हुन पाएका थिएनन् । तर, नेपालमा नै भएकाे त्रिदेशीय फुटबलमा भने विराज महर्जनले शानदार विदाइ पाएका छन् ।

त्रिदेशीय फुटबलकाे फाइनल खेल , देशका प्रधानमन्त्रीकाे प्रमुख आतिथ्यता, अनि देशले उपाधि जितेकाे पल , त्याेपनि प्रधानमन्त्रीद्वारा विराजलाइ ट्रफी हस्तान्तरण । विराजका लागि अविस्मरणीय बन्न पुग्याे याे समय । उनका आँखा रसाएका थिए । कप्तान किरण चेम्जाेङले उपाधिसहित बिदाइ गर्न पाउँदा एकदमै खुशी छाैँ भन्दै अँगालाे हाल्दा विराज थामिन सकेनन् ।

नेपालका लागि अन्तराष्ट्रिय खेलमा कुनैपनि खेलाडीले खेलेकाे सर्वाधिक खेल हाे ७३ खेल । जुन विराज महर्जनकाे नाममा छ । सन् १९८४ काे साग गेमपछि पहिलाेपटक बंगबन्धु गाेल्डकपकाे उपाधि जित्दा कप्तान थिए विराज महर्जन । उनी नेपालका सफल कप्तानमध्ये मानिन्छन् । उनले ३ वटा क्लबबाट ३ पटक ए डिभिजन उपाधि जितेकाे रेकर्ड पनि आफ्नाे नाममा लेखाएका छन् ।

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन् ।

विराजले सन् २००७ देखि थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरू गरेका थिए । थ्री स्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए । सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा आबद्ध भए ।

विदाइ खेलमा प्रधानमन्त्रीबाट विराज महर्जनले ट्रफी उचाल्ने माैका पाए । सामान्यतया कप्तानले ट्रफी उचाल्ने गरेपनि विराजलाइ सम्मानस्वरूप ट्रफी उचाल्न दिइएकाे थियाे ।

खेलपछि विराजले भने ‘नेपाली टाेलीलाइ दिन पाएकाे सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु  मेरा लागि सबभन्दा ठूलाे कुरा नेपालका लागि खेल्नु नै हाे । फुटबल नराेजेकाे भए मलाइ विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाइ म भगवान् मान्छु। ‘

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु