Information is intelligence
HomeNewsहाेलीमा झडप , एक दर्जन घाइते

हाेलीमा झडप , एक दर्जन घाइते

- Advertisement -spot_img

होली पर्वमा रौतहटको फतुवा विजयपुरमा गएराति दुई पक्षबीच झडप भएको छ । सो क्रममा एक दर्जन युवा घाइते भएका प्रहरीले जनाएको छ ।

अधिक मदिरा सेवन पछि फतुवा विजयपुर ९ बडहर्वाका नगिना यादव र सुदामा यादव पक्ष बीच झडप भएको हो ।
झडपमा नगिना यादव ,सुदामा यादव सहित १ दर्जन युवा घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ३ जनाको एलएस न्युरो अस्पताल वीरगंजको र अन्यको बारा कोल्हवी स्थित अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

खानपिनका क्रममा भनाभन हुँदा झडपको स्थिति भएको उनको भनाइ छ ।
त्यसैगरी होलीपर्वमा सोमबार दिउँसो मदिरा सेवन गरी जिल्लाको विभिन्न स्थानमा चलाएको १० वटा सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु