Information is intelligence
HomeNewsपूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती

पूर्वराजा ज्ञानेन्द्रको सुरक्षा कटौती

- Advertisement -spot_img

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राजपरिवारका सदस्यको सुरक्षामा खटिएका २४ जना सशस्त्र प्रहरीलाई आज फिर्ता बोलाइएको छ ।

अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीत रहेका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाइएको हो ।

पूर्वराजपरिवारको सुरक्षामा ४० जना सशस्त्र प्रहरी तैनाथ थिए । अब १६ जनामात्रै हुनेछन् ।

उनको सुरक्षामा रहने १६ जनाको कमाण्ड सशस्त्रका डीएसपीले गर्नेछन् । यसअघि अन्य अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षामा खटाइएका सुरक्षाकर्मी पनि फिर्ता भइसकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु