Information is intelligence
HomeNewsथपिए १६७ संक्रमित, तीनजनाको मृत्यु

थपिए १६७ संक्रमित, तीनजनाको मृत्यु

- Advertisement -spot_img

पछिल्लो २४ घण्टामा कोभिड–१९ का १६७ संक्रमित थपिएका छन् । तीन हजार १४० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा १६७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ११५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ३० पुगेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय