Information is intelligence
HomeNewsसामाजिक सुरक्षा कोषले ५ करोड भुक्तानी गर्याे

सामाजिक सुरक्षा कोषले ५ करोड भुक्तानी गर्याे

- Advertisement -spot_img

सामाजिक सुरक्षा कोषले हालसम्म स्वास्थ्य, औषधी उपचार, दुर्घटना, सुरक्षा लगायत विभिन्न शीर्षकहरुमा करिव ५ करोड रकम भुक्तानी गरेको बताएको छ । विभिन्न ४ योजना अन्तर्गत १ हजार ४ सय ३५ योजनाकर्ताहरुलाई रु ४ करोड ४३ लाख भुक्तानी गरि सकेको कोषले जानकारी दिएको छ ।

सबै भन्दा बढी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा भुक्तानी गरेको भन्दै १ हजार २ सय २६ लाभग्राहीलाई लगानी गरेको जनाएको छ । यो योजनाअन्तर्गत रु २ करोड ५८ लाख ४६ हजार १ सय ५५ रुपैया भुक्तानी गरिसकेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई रु १८ लाख ५० हजार ६ सय २९, आश्रीत परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई रु ३४ लाख २९ हजार ६४ र वृद्धाअवस्था सुरक्षा योजनाबाट १ सय १७ लाभग्राहीलाई रु १ करोड ६२ लाख ५५ हजार ७ सय ८१ रकम पनि दिइसकेको जनाएको छ ।

यसमध्ये मासिक रुपमा आधारभूत परिश्रमको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबट ३१ प्रतशत रकम जम्मा हुँदै आएको छ भने ३१ प्रतिशत रकममध्येबाट औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत दुर्घटना तथा अशक्तता सुरक्षा, योजनाका लागि १.४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रकम छुट्याइने पनि आयोजक संस्था मार्फत जानकारी गराइएको छ ।

सामाजिक सुरक्षा कोषमा १ लाख ४४ हजार श्रमिक सूचाङ्क कोषमा अहिले सम्म १ लाख ९४ हजार श्रमिक, बाग्मती प्रदेशबाट १ लाख ४५ हजार ४ सय ५२, प्रदेश नं १ बाट २० हजार ५०, प्रदेश नं २ बाट १३ हजार ७ सय ९५, गण्डकी प्रदेशबाट ७ हजार १ सय ५४, लुम्बिनी प्रदेशबाट ६ हजार ८ सय ३९, सुदुर पश्चिमबाट ७ सय ७५ र कर्णाली प्रदेशबाट ४ सय ७० योजनाहरु सूचीकृत भएका छन् ।

नेपालमा रोजगारदाताको संख्या १३ हजार ६ सय पुगेको छ । बाग्मती प्रदेशका ९ हजार १ सय, प्रदेश नं १ का १ हजार ८ सय ६०, लुम्बिनी प्रदेशका १ हजार १ स ८०, प्रदेश नं २ का ५५ सय ५००, गणडकीमा ६ सय १७, कर्णालीमा १ सय ४३ र सुदुर पश्चिममा १ सय ९६ छन् ।

सामाजिक सुरक्षा कोषले यसअघि कार्य संशोधन गरेर वृद्ध अवस्था, सुरक्षा योजना अन्तर्गत जम्मा हुने योजनाकर्ताको आधारभूत परिश्रमको २८.३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजना ८.३३ प्रतशत, रकम जम्मा हुने व्यवस्था रहेको कोषले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु