Information is intelligence
HomeHealthकस्मेटिक सर्जरीः गलत अवधारणा

कस्मेटिक सर्जरीः गलत अवधारणा

- Advertisement -spot_img

कस्मेटिक सर्जरी आफ्नो प्राकृतिक स्वरूप बदल्ने एक माध्यम हो । यस्ले शरीरको आकार , बनावट ठूलो या सानो बनाउने , मुखमा भएको चाउरीपना र शरीरमा भएको खाली भागलाई मेटाउने गर्दछ । कस्मेटिक सर्जरी शरीरको सबै अङ्गमा गर्न मिल्छ । तर धेरैजसो यो टाउको , मुख र घाँटीमा गरिन्छ । जुन भागमा सर्जरी गरिन्छ त्यो भागले राम्ररी कार्यहरू गर्दछ तर त्यसको प्राकृतिक साैन्दर्यता भने हुँदैन । वर्तमान स्थितिमा कस्मेटिक सर्जरी माैलाउँदै गएको छ । बालकदेखि वृद्ध अवस्थाका मानिसहरूलेसमेत यो कार्य गरिरहेका छन् ।

  एकातिर कस्मेटिक सर्जरीकाे व्यापार माैलाउँदै गएकाे छ भने अर्काेतिर यसकाे प्रशस्त विराेध भैरहेकाे छ ।  विभिन्न टेलिभिजनहरूका सरल र सहज अवस्थामा कस्मेटिक सर्जरीपश्चात सुन्दर बन्न सकिने भन्दै विज्ञापनहरू बजाइने गरिएकाे छ । जसकाे कहिँ समर्थन त कहिँ विराेध भैरहेकाे छ ।

सामान्यतया अहिलेकाे युवा पुस्ता त्यसमा पनि किशाेरीहरू कस्मेटिक सर्जरी गर्ने गर्छन् । विश्वभरी एक जमात छ जुन कस्मेटिक सर्जरी बिना जीवन सम्भव देख्दैन । त्यो जमातले अन्य समूहलाई पनि यसतर्फ आकर्षित गर्ने गरेको पाइन्छ । टेलिभिजन इन्डष्ट्रीका  कतिपय विज्ञापनहरूले यसलाई प्रमाणितसमेत गर्दछन् । विशेषगरीआफ्नो भविष्य कला क्षेत्रमा राख्ने , सुन्दरतालाई नै मुख्य हतियार बनाएर आफ्नो रोजीरोटी बनाउने व्यक्तिले सर्जरी गर्ने,गराउने गर्छन् ।

बलिउडका विभिन्न कलाकारहरू प्रियंका चाेप्डा , ऐश्वर्या राय , मोनी  रोयलगायतले कस्मेटिक सर्जरी  गरेका खबरहरूका कारण  उनीहरूका समर्थकहरूले पनि सर्जरी गरेको पाइन्छ ।  साैन्दर्यको कारण आफ्नो आत्मबल बढ्ने साथै मानिसहरू उनीहरूप्रति आकर्षित हुने युवाहरूको विश्वास देखिन्छ ।

विगतका दिनहरूमा भन्दा वर्तमान समयमा यसकाे प्रयाेग दिनानुदिन बढ्दाे छ ।  कस्मेटिक सर्जरीको पहिलो र मुख्य फाइदा भनेको यसले मानिसको प्राकृतिक स्वरूप फेरेर कृत्रिम स्वरूपमा बदल्ने गर्छ । कृत्रिम स्वरूपमा मानिसहरू आकर्षित हुनुका साथसाथै उनीहरूमा आत्मबलको पनि वृद्धि हुने गर्छ ।

आफ्नो स्वरूप राम्रो र आकर्षित भएकाले मानिसहरूको अगाडि गएर बोल्ने , आफ्नो तर्क राख्नसक्ने क्षमता बढ्दै जाने विश्वासका कारण मानिसहरू कस्मेटिक सर्जरी गर्ने गर्छन् । आफ्नो साैन्दर्यमा कमी हुँदा अन्य मानिसबाट अपहेलित भइन्छ भन्ने भ्रमले कयाैँ मानिसहरू मानसिक रोगको सिकारसमेत भइरहेका छन् ।

यस्ताे मानसिक रोगबाट बच्नलाई पनि कस्मेटिक सर्जरी गरेको पाइन्छ । कस्मेटिक सर्जरीमार्फत आफ्नो आत्मविश्ववास बढ्ने , शोषणबाट बच्ने , मानसिक सन्तुलन गुमाउनबाट बच्ने अहिलेका बालक , युवा र वृद्धहरूको अनुमान छ । एकपल्ट यो सर्जरी गरिसकेपछि यस्को कृत्रिम स्वरूप आजीवन हुने गर्छ ।

कस्मेटिक सर्जरी धेरै नै महंगो हुन्छ । धेरै लागत लाग्ने भएकाले कस्मेटिक सर्जरी सबैकाे पहुँच हुदैँन । कस्मेटिक सर्जरी मानिसहरूको लत भइसकेको कारण हाल यसलाई मुख्य समस्याको रूपमा लिइन्छ ।

कृत्रिम रूपमा कस्मेटिक सर्जरी राम्रो भएतापनि भित्री भागमा यस्को धेरै असर हुन्छ । राम्रोपनाको  विकास गर्ने लोभले मानिसले आफ्नो अमूल्य ज्यान जोखिममा राखिरहेका छन् । कस्मेटिक सर्जरी गर्ने क्रममा केही त्रुटी भएभने शरीरका अङ्गहरू बिग्रिन सक्छन् भने मानिसको ज्यान जान पनि सक्छ । १८ बर्षभन्दा तलका बालबालिकालाई सर्जरीले ठूलाे क्षति गराउँछ । कलिलो उमेर भएकाले उनीहरूले सर्जरीको दुःखाइ र पीडा सहन सक्दैनन् । त्यसकारण सर्जरीमा १८ वर्षभन्दा मुनिका बालबालिकाको ज्यान जाने गर्दछ । युवाहरूको शरीर सर्जरीको पिडा सहन सक्नेगरी  विकास  भइसकेको हुँदैन ।

कस्मेटिक सर्जरीको अर्को समस्या भनेको यस्ले मानिसलाई सन्तुष्टि दिँदैन । आफूले चाहेजस्तो स्वरूप सर्जरीपछि नपाउने भएकाले मानिरहरू पछुताउने गर्छन् । केही हदसम्म आफू अरूभन्दा राम्रो देखिनुपर्छ भन्ने मानसिकता भएका मान्छेले सर्जरीपछि पनि आफ्नो स्वरूप उस्तै पाउने गर्छन् । यही कारणले धेरै मानिसहरूले आत्महत्या पनि गर्ने गर्छन् । कोही व्यक्ति सर्जरी गर्दापनि आफूमा कमिकमजोरी भएको बुझेर समाजमा अपरिचित मानिस जस्तो भएर बाँच्न बाध्य हुन्छ ।

सर्जरीपछिको दुःखाइ अत्यन्तै पिडादायी हुन्छ । कम्तीमा पनि सर्जरीको शल्यक्रियापछि बनाइएको बनावट पूर्णरूपमा तयार हुन २ देखि ४ हप्तासम्म लाग्ने गर्छ । दुखाइ केही हदसम्म कम गर्नलाई उनीहरू पेन किलर सेवन गर्ने गर्छन् जुन स्वास्थ्यको लागि हानिकारक हुन्छ । कति युवाहरू आफ्नो साथीभाइको सिको सिकेर सर्जरी गर्ने गर्छन् अनि पछुताउने गर्छन् । आफ्नो सुन्दरता बढाउने इच्छामा उनीहरूले आफ्नो स्वरूप बिगार्छन् ।

मानिस एक सामाजिक प्राणी हो । उ अरूको विचार सुन्न र बुझ्न सक्छ । त्यसकारण आफ्नो इच्छा पुरा गर्नुभन्दा पहिले उसले आफूले राखेका इच्छा सहि छन् कि गलत,  बुझ्न एकदमै जरूरी छ ।कस्मेटिक सर्जरी हानिकारक छ भन्ने विचार हरेक व्यक्तिमा हुनुपर्छ। सबैले सर्जरीको बहिष्कार गर्ने हो भने एकदिन यो कस्मेटिक सर्जरी स्वतः हट्छ । अनि मात्रै मानिसले  अरूसँग तुलना गर्न छोड्छ । अनि मात्रै मानिसले आफ्नो स्वरूप जस्तो छ त्यसमै खुसी हुन सिक्छ , रमाउन सिक्छ र समाजमा आफ्नो छुट्टै पहिचान बनाउन सिक्छ ।

प्राकृतिक स्वरूप आफैँमा सुन्दर छ । मानिसको पहिचान स्वरूपले नभई  उसको बानी , व्यवहारले हुन्छ । रूप रङ्गले क्षणभरको आकर्षण प्रदान गर्छ तर मानिसको बानीले  समाजमा सधैँको लाागि राम्रो या नराम्रो छाप छोड्छ । त्यसकारण प्राकृतिक स्वरूप यथावत् राखी हामीले आफ्नो पहिचान बनाउन सिक्नुपर्छ । याे गलत अवधारणालाई जरैदेखि निर्मूल पार्न आफ्नाे ठाउँबाट आजैदेखि लागी पराैँ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु