Information is intelligence
HomeNewsअपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण

अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण

- Advertisement -spot_img

ललितपुर। ललितपुर महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण गरेको छ । महानगरद्वारा मङ्गलबार आयोजित समारोहमा स्वावलम्वन जीवन पद्धती केन्द्र ललितपुरलाई उक्त सवारी साधन प्रदान गरिएको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका व्यक्तिको जीवन सहज बनाउने पहल स्वरुप भित्रायाइएको सवारी साधन चलाउने चालक, इन्धन, विमा र विलबुक नविकरण सहित मर्मतको जिम्मेवारी महानगरले लिने प्रतिवद्धता जनाए ।

उनले ललितपुर महानगरपालिकाले बाटो, पार्क, सार्वजनिक सेवा प्रदान गर्ने संस्थाहरु लगायतको भौतिक संरचना निर्माण गर्दा अपाङ्गता मैत्री बनाउन पहल जारी राखेको पनि बताए । साथै सवारी साधनको दुरुपयोग हुनुहुन्न र लक्षित वर्गले नै लाभ उठाउनु पर्नेमा प्रमुख महर्जनले जोड दिए । महानगरका उप–प्रमुख गीता सत्यालले समाजमा सबै वर्गको जीवनयापन सहज, सरल बनाउन महानगरले नीति निर्माणको तहदेखि  सबैका लागि मैत्री हुने भौतिक निर्माणको कार्यमा ध्यान पुर्याउँदै आएको बताइन ।

अपाङ्गता भएका व्यक्तिहरुको सुविधाका लागि अपाङ्गता मैत्री सवारी साधन हस्तान्तरण कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन

नेपालमै पहिलोपटक भित्रिएको अपाङ्गता मैत्री सवारीसाधन अपाङ्गता भएका व्यक्तिको सुविधाको लागि उपयोगमा ल्याइनेछ । विशेषगरी अपाङ्गता भित्रका बहु-अपाङ्गता र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई दिवा सेवामा जान, आउन र अपाङ्गताको विषयमा जागरण मुलक कार्यक्रममा सहभागी हुन प्रयोग गर्न सक्ने स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठले जानकारी दिए ।

ललितपुर महानगरपालिकाको सहयोग २० लाख,  इरुका इन्डिपेन्डेन्ट लिभिङ सेन्टर जापानको १६ लाख ७५ हजार र स्वावलम्वन जीवन पद्धती केन्द्रको तीन लाख ५० हजार रुपियाँ सहयोगमा ल्याइएको सो सवारी साधनबाट नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरु लाभान्वित हुने स्वावलम्वन जीवन पद्धती केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय