Information is intelligence
HomeEconomyअजाेड इन्स्याेरेन्सविरूद्ध इन्साडर ट्रेडिङ गरेकाे आराेपमा उजुरी

अजाेड इन्स्याेरेन्सविरूद्ध इन्साडर ट्रेडिङ गरेकाे आराेपमा उजुरी

- Advertisement -spot_img

अजाेड इन्स्याेरेन्सले इन्साइडर ट्रेडिङ गरेकाे आराेपमा एक लगानीकर्ताले मुद्दा दर्ता गराएका छन् ।

काठमाडाैँ, ६ निवासी केशव काेइरालाले महानगरीय प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखामा दिएकाे उजुरीमा इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेकाेमा अनुसन्धान गर्न अनुराेध गरिएकाे छ ।

उजुरीपत्रमा दाेश्राे बजारमा काराेबार हुँदै आएकाे अजाेड इन्स्याेरेन्सकाे काराेबार केही दिनबाट अस्वभाविक रूपमा बढ्दै गएकाे , तराइमा मनाइने हाेलीकाे दिन समग्र नेप्से सूचकांक घटेपनि अजाेडकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे र भाेलीपल्ट बल्ल २ः१ बाेनस दिने सूचना सार्वजनिक गरिएकाे भन्दै सूचना आउनुपूर्व नै सञ्चालक समितिका मान्छेले आफ्ना मान्छेलाई सूचना चुहाएर इन्साइडर ट्रेडिङ गराएकाे बताइएकाे छ ।

इन्साइडर ट्रेडिङ कानूनी अपराध भएकाले यसकाे अनुसन्धान गरी सम्बन्धित व्यक्तिलाई कारबाही गरिपाउँ भन्दै निवेदकले उजुरी दिएका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु