Information is intelligence
HomeEconomyएक मिनेटका लागि घण्टाैँ समस्या झेल्दै लगानीकर्ता,के गर्दैछ सिडिएससी?

एक मिनेटका लागि घण्टाैँ समस्या झेल्दै लगानीकर्ता,के गर्दैछ सिडिएससी?

- Advertisement -spot_img

हिजाे मंगलबार बिहानैदेखि शेयर काराेबार गर्ने सफ्टेवेयर मेराेशेयरले काम गर्न छाड्याे । शेयर बिक्री गरेपछि इडिआइएस गर्नुपर्ने लगानीकर्ताहरू निकै हतास देखिए । समयमा शेयर ट्रान्सफर गर्न सकिएन भने २० प्रतिशत क्लाेज आउट जरिवाना तिर्नुपर्ने नियमले गर्दा लगानीकर्ताहरू समस्यामा देखिए ।

साँझपख मेराेशेयरले वेवसाइट तथा एप्लिकेशनमा समस्या देखिएकाे र समाधानकाे प्रयास गरिरहेकाे सूचना प्रदान गर्याे । साथै १६ गते शेयर बिक्री गरेका लगानीकर्ताहरूका लागि इडिआइएस गर्ने समय थप गर्याे ।

याेभन्दा पहिले पनि मेराेशेयरमा बारम्बार समस्या आउने गरेकाे थियाे । पहिले पनि लगानीकर्ताहरू चिन्तित बन्ने गर्थे । याेपाली भने सिडिएससीले समस्या समाधानका लागि सर्भर अपग्रेड गर्दै गरिएकाले अब समस्या अआउने बतायाे ।

एक मिनेटमा हुने शेयर ट्रान्सफर गर्न मंगलबार लगानीकर्ताहरूलाई धेरै समयसम्म रिफ्रेस गरेर बस्नुपर्दा धेरै झन्झट ब्यहाेर्नुभयाे । धेरै अघिबाट नै मेराेशेयरकाे ड्यासबाेर्डमा समस्या देखिएकाे थियाे । एक समस्या समाधान गर्न नभ्याउँदै अर्काे समस्या देखा परेपछि प्रयाेगकर्ताहरूकाे आक्राेश लगातार खेपिरहेकाे छ मेराेशेयर ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु