Information is intelligence
HomeNewsघाँस काट्न जाँदा हराएका बालिका र किशोरी भारतको सीतामढीमा भेटिए

घाँस काट्न जाँदा हराएका बालिका र किशोरी भारतको सीतामढीमा भेटिए

- Advertisement -spot_img

घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका–किशोरी भारतको सीतामढीमा भेटिएको भंगहा नगरपालिकाका मेयर संजिव सिंहले दावी गरेका छन् । महोत्तरी भंगाहा नगरपालिका–८ धरमपुपरका सात जना किशोरी तथा बालिका सीतामढीमा भेटिएको खबर आएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरेको छ ।

हराएका बालिका भेटिएको अपुष्ट खबरपछि प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको टोली सीतामाढीतर्फ लागेको छ । टोली केहीबेरमै सीतामढी पुग्नेछ । महोत्तरीका एसपी दिनेश आचार्यले जहाँबाट भए पनि बालिका र किशोरीहरुलाई खोजेर ल्याइदिने आश्वासन परिवारलाई दिएका छन् ।

महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ बालिका र २ किशोरी बेपत्ता भएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु