Information is intelligence
HomeSportsरोनाल्डोले रिसमा फालेको आर्मब्याण्ड लिलामीमा

रोनाल्डोले रिसमा फालेको आर्मब्याण्ड लिलामीमा

- Advertisement -spot_img

सर्वियाविरुद्धको खेलमा अन्तिम समयमा क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाउदा जितबाट बञ्चित बनेको पोर्चुगल लक्जेमवर्गलाई हराउदै शीर्षस्थानमा रहेको सर्वियालाई दवावमा बढाउने लक्ष्यमा हुनेछ ।

उक्त खेल २–२ गोलको बराबरी अवस्थामा रहँदा रोनाल्डोले इन्ज्युरी समयमा गोल गरेपनि डिफेन्डरले गोललाइन कटिसक्दा क्लियर गरेका थिए । उक्त गोलको विषयमा अपिल गर्दा बोल्दा रोनाल्डोले पहेँलो कार्ड पाएका थिए ।

गोल लाइन टेक्नोलोजी र भार दुबै नभएको फिफा विश्वकप छनौट खेलमा रोनाल्डोको गोललाई मानेता दिइएको थिएन । गोल नदिए पछि  रिसको सुरमा आफुले लगाएको कप्तानको आर्मब्यान्ड भुइमा फालेर मैदान छाडेका थिए ।

क्रिस्टियानो रोनाल्डोले फलेको उक्त आर्मब्याण्ड लिलाम हुने भएको छ ।

अन्तिम समयमा रोनाल्डोको प्रहारलाई सर्वियाका स्टेफन मित्रोभनले टच लाइनबाट बचाएपछि रिप्लेमा हेर्दा बलले लाइन क्रस गरेको देखिएको थियो । जसका कारण रोनाल्डोले रिसले आर्मब्याण्ड फालेका थिए ।

उक्त  लिलामबाट उठेको रकम च्यारिटीमा खर्च गरिने भएको छ । उक्त आर्म ब्याण्ड अनलाइनमा लिलामीमा राखिने छ । जसबाट संकलन भएको रकम ६ महिनाको बच्चाको सल्यक्रियामा खर्च गरिने बताइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु