Information is intelligence
HomeEconomy२० लाख कित्ताकाे माग, २ सय कित्ता काराेबार

२० लाख कित्ताकाे माग, २ सय कित्ता काराेबार

- Advertisement -spot_img

दाेश्राे बजारमा मूल्य निर्धारण सामान्यतया माग र आपूर्तिकाे सम्बन्धमा भर्ने गर्छ । तर भर्खरैमात्र काराेबार खुला भएकाे एनआइसि एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयरमा भने त्याे देखिएकाे छैन ।

बुधबार उक्त कम्पनीकाे करिब २० लाख कित्ता शेयर माग भएकाे देखिन्छ भने २३९ कित्तामात्र काराेबार भएकाे छ । तरपनि कम्पनीकाे शेयर मूल्य भने ३.९१ प्रतिशतले मात्र बढेकाे छ ।अहिले कम्पनीकाे शेयर ७९५ रूपैँया प्रतिकित्तामा काराेबार भैरहेकाे छ ।  

स्वदेशी  लघुवित्त वित्तीय संस्थासँग भर्खरै मर्ज गरेपछि दाेश्राे बजारमा यसकाे काराेबार खुलेकाे हाे ।

यसकाे शेयर माग भन्दा आपूर्ति निकै कम भएपनि लगानीकर्ताहरू सुरूमा नै जाेखिम लिन नचाहेकाे देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु