Information is intelligence
HomeSportsबंगबन्धु कप कबड्डीमा नेपालको पोल्याण्डमाथि जित

बंगबन्धु कप कबड्डीमा नेपालको पोल्याण्डमाथि जित

- Advertisement -spot_img

बंगलादेशमा जारी बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । नेपाली राष्ट्रिय कबड्डी टोलीले पोल्याण्डमाथि जित निकालेको छ।

आज बिहान सम्पन्न खेलमा नेपालले पोल्याण्डमाथि २१ प्वाइन्टले जित निकालेको हो। नेपालले ४० प्वाइन्ट ल्याउँदा पोल्याण्डले १९ प्वाइन्ट ल्याएको थियो। नेपालले अर्को खेलमा केन्यासँग भिड्ने छ। अब केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्ने छ।

यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।

प्रतियोगितामा नेपालले २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

बंगलादेश ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश, पोल्याण्ड, केन्या र श्रीलंका गरि ५ टिमको सहभागिता रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु