Information is intelligence
HomeNewsप्रधानमन्त्री सहभागी कार्यक्रममा सञ्चारमन्त्री निदाएपछि...

प्रधानमन्त्री सहभागी कार्यक्रममा सञ्चारमन्त्री निदाएपछि…

- Advertisement -spot_img

नेपाल सरकारका मन्त्रीहरु पछिल्लो समय विभिन्न कारणले विवादमा आइरहेका छन् ।हालै सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ पनि विवादमा तानिएका छन् ।

मंगलबार मन्त्री गुरुङ रिपोर्टर्स क्लबको वार्षिक उत्सबमा सहभागी बनेका थिए । प्रधानमन्त्रीसमेत सहभागी भएको उक्त कार्यक्रममा नै रहँदा मन्त्री गुरुङ भने ड्यासमा मस्त निदाएपछि उनि विवादमा तानिएका हुन्  ।

मन्त्री गुरुङको छेउमा राष्ट्रियसभा सदस्य कोमल ओलीका थिईन र उनले मन्त्री निदाएको चाल पाएर उठाउन खोजिन् । तर मन्त्री गुरुङले उठ्ने कुनै संकेत गरेनन् ।

अन्ततः वलीले मन्त्री गुरुङलाई हातले हल्लाएर नै व्यूँझ्याउन परेको थियो । सो कार्यक्रममा प्रधानमन्त्री पनि सहभागी थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु